Comments Add Comment

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई, मनाङ फेरि चुक्यो

१९ चैत, काठमाडौं । मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।

बुटवलको मानव ज्ञान मावि मैदानमा खेलमा अग्रता भने मनाङले दिएको थियो । दोस्रो मिनेटमै विमल रानाको हेड गोलमार्फत अग्रता लिएका थिए ।

तर, दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ६९ औं मिनेटमा अनन्त तामाङले बराबरी गोल गरे भने ८२ औं मिनेटमा मार्टिनले विजयी गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले १५ लाख हात पारेको छ भने उपविजेता मनाङले ७ लाख ५० हजारमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment