Comments Add Comment

नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमाः कमल थापा

'स्वधर्मको रक्षा राज्यको जिम्मेवारी'

फाइल फोटो

२१ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको बताएका छन् । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापाले बुधबार बिहान ट्विट गर्दै सो कुरा बताएका हुन् ।

उनको ट्विटमा लेखिएको छ, ‘नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको छ । संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’

कुनै धर्मप्रति असम्मान वा वितृष्णा नभइ स्वधर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको थापाले उल्लेख गरेका छन् ।

धार्मिक स्वतन्त्रताको सम्मान गर्न र सनातन धर्मको रक्षा गर्न उनले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment