Comments Add Comment

आइसक्रिम एउटा, कीर्तिमान दुईवटा


अमेरिकामा एउटा आइसक्रिमले एकसाथ दुईवटा रेकर्ड राखेको छ । एउटा आइसक्रिमले विश्वको सबैभन्दा लामो आइसक्रिमको विश्व कीर्तिमान कायम गरेको छ । त्यतिमात्र होइन, उक्त आइसक्रिले सबैभन्दा छिटो खाइएको आइसक्रिमको कीर्तिमान पनि राखेको छ ।

अमेरिकामा आयोजित स्पिरिट अफ टेक्साट उत्सवमा सबैभन्दा लामो आइसक्रिम तयार पारिएको थियो । १ हजार ३ सय ८६ मिटर ६२ सेन्टिमिटर लामो उक्त आइसक्रिमले विश्वकाे सबैभन्दा लामो आइसक्रिमको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । उक्त आइसक्रिम बनाउनका लागि १८ सय ९२ दशमलब ७१ किलो भेनिल्ला आइसक्रिम तथा क्यान्डी क्रन्च चकलेटको प्रयोग गरिएको थियो ।

आइसक्रिममा ११ सय ३५ किलोभन्दा धेरै चकलेट तथा स्ट्रबेरी सिरफ, २ हजार क्यान क्रिम, २५ पाउण्ड स्प्रिंकल तथा २० हजार चेरीको प्रयोग गरिएको थियो ।

उक्त आइसक्रिमले सबैभन्दा लामो आइसक्रिमको कीर्तिमान कायम गरेसँगै त्यसलाई उत्सवकै दौरान ४ हजार मानिसले ३० मिनेटमा खाएर सक्काए । त्यो भिमकाय आइसक्रिम त्यति छोटो समयमा बुत्याउँदा पनि अर्को कीर्तिमान कायम हुनपुग्यो ।

स्मरणरहोस्, गत वर्ष उक्त समारोहमा २१ सय ७७ किलोको आइसक्रिम तयार गरी सबैभन्दा वजनदार आइसक्रिमको कीर्तिमान कायम गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment