Comments Add Comment

अल्पायूमै बितेकी परबिन बाबी, यस्तो थियो उनको दुखान्त


अपार सुन्दरता, विन्दास चरित्र र फिल्मले पाएको ब्यापक चर्चाले पनि बलिउड अभिनेत्री परविन बाबीलाई सुखसँग बाँच्न दिएन । अल्पायुमै निधन भएकी परविनको आज जन्मदिन हो ।

७० को दशकमा ग्ल्यामरस अभिनेत्रीको रुपमा स्थापित थिइन् उनी । सन् २००५ मा उनको निधन भएको थियो । परविन गुजरातको मुस्लिम परिवारमा जन्मिएकी थिइन् । उनको जन्म उनको बाबाआमाको विवाहको १४ वर्षपछि भएको थियो । उनी १० वर्षको हुँदा उनको बुबाको निधन भयो । बुबाको निधनपछि नै उनले एक्लोपनको महसुस् गर्न थालेकी थिइन् ।

बुबाआमाको एक्लो सन्तान परविन सानैदेखि ग्ल्यामरस थिइन् । स्कुलको पढाई सकेलगत्तै मोडलिङमा आइन् । उनको मोडलिङ करिअर सन् १९७२ मा सुरु भएको थियो । उनले क्रिकेटर सलिम दुरानीसँग काम गरेकी थिइन् तर, उक्त फिल्म पूर्ण रुपमा असफल भयो । विन्दास परविनले केही वर्ष काम पाइनन् ।

त्यसको दुई वर्षपछि अमिताभ बच्चनसँग अभिनय गरेको फिल्म रिलिज भएपछि परविनको चर्चा व्यापक भयो । अर्की चर्चित नायिका जिनत अमानको भन्दा धेरै चर्चा पाइन् । परविनलाई धेरैले बदलिँदो भारतीय सिनेमाको अभियन्ताको रुपमा चित्रण गर्न थाले ।

त्यसो त फेशनमा आधुनिकता भित्रयाउने श्रेय पनि परविनलाई नै जान्छ । निर्देशक महेश भट्ट र अभिनेता कबिर बेदीसँग परविनको सम्बन्ध केही वर्ष चल्यो । सोही क्रममा भट्टले थाहा पाए कि परविनमा मानसिक समस्या छ । उपचारका लागि अमेरिकासमेत लिएर गए । तर, सम्भव भएन । सानोमा बाबु गुमाएकी परविनले उमेरमा विवाह गर्न पाइनन् । केही पुरुषहरुसँग नाम जोडिए पनि बिल्कुुल एक्लो जिन्दगी जिएकी परविनको मृत्यु भएको तीन दिनपछि मात्रै सर्वसाधारणले जानकारी पाएका थिए ।

उनको घरमा तीन दिनदेखी दुध र पत्रिको थुपि्रएको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा थिइन् ।
परविन आफ्नो समयको हेमा मालिनी, रेखा, जिनत अमान, जया बच्चन, रिना राय जस्तै सफल अभिनेत्रीको रुपमा चिनिन्थिन् । परविनले अमिताभ बच्चनसँग आठ फिल्ममा अभिनय गरिन् । सबै फिल्म हिट भएका थिए ।

शशी कपुरसँग सुहाग, काला पत्थर, नमक हलालमा काम गरिन् । धर्मेन्द्र र परविनले अभिनय गरेको जानी दोस्त र फिरोज खानसँग काम गरेको दुसरी औरतलाई पनि दर्शकले निकै मन पराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment