Comments Add Comment

कर्णालीको आर्थिक विधेयक फाष्टट्रयाकबाट पारित

२१ चैत, सुर्खेत । कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक फाष्टट्रयाकबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत शुक्रबार प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक बुधबारको बैठकले पारित गरेको हो ।

विधेक पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । प्रदेश सरकारको बजेट विनियोजन गर्न र आर्थिक पारदर्शिता कायम गर्न सरकारलाई बाटो खुलेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न र कर्मचारीहरुले गर्ने मनपरी खर्चलाई समेत नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको मन्त्री ज्वालाले बताए ।

कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियमावली नियम १ सय ९ को उपनियम १ बमोजिम फास्टट्रयाक मार्फत आर्थिक विधेयक पारित गरिएको हो ।

आर्थिक विधेयकमाथि छलफलका लागि ७२ घण्टा समय दिइने व्यवस्था भएपनि फाष्टट्रयाकबाट सर्वसम्मत पारित गरिएको हो ।

आर्थिक कार्यविधि विधेयक छलफलका लागि निलम्बन गरियोस भन्ने प्रस्ताव गर्नका लागि सांसद एवम् माओवादी केन्द्रकी मुख्य सचेतक सीता नेपालीले आर्थिक कार्यविधि विधेयक छलफलका लागि निलम्बन गर्ने प्रस्ताव पेश गरेकी थिइन् । उक्त प्रस्तावलाई एमाले मुख्य सचेतक गुलावजंग शाहले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment