Comments Add Comment

प्रधानमन्त्री ओली भारतबाट फर्किएलगतै चीन जाने

फाइल फोटो

२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । र, भारतबाट र्फकनासाथ उनी चीन जाने भएका छन् ।

प्रधानमन्त्री ओली भारत उड्नुअघि नै प्रधानमन्त्री ओली अर्को छिमेकी देश चीन जाने तयारी पनि सुरु भइसकेको छ । प्रधानमन्त्रीनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँ छिट्टै चीन जाने कुरा भएको छ ।’

प्रधानमन्त्री ओलीलाई चीनले बोआओ फोरमका लागि निम्तो दिएको थियो । तर, त्यहीबेला भारत भ्रमण परेकाले बोआओ फोरममा जाने सम्भावना कम छ ।

बाआओ फोरम ८ देखि ११ तारिख अर्थात चैत २५ देखि २८ गतेसम्म हुने तय भएको छ । फोरमको उद्घाटन समारोहलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्नेछन् ।

‘बाआओको उद्घाटन समारोहका दिन त प्रधानमन्त्री भारतबाट र्फकने कार्यक्रम छ’ स्रोतले भन्यो, ‘त्यसैले सम्भव नहोला तर, छिट्टै चीन जाने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment