+
+
Shares

प्रिमियरमा प्रेमीलाई लिएर पुगिन् साम्राज्ञी, तर एकसाथ देखिन सकस

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १२:४१


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेममा छिन् भन्ने उनका फ्यान र मिडियालाई राम्ररी थाहा छ । साम्राज्ञीका प्रेमी हुन् मयंक खड्का । हुनत, यी दुईले आफूहरु प्रेममा रहेको सार्वजनिक रुपमा स्वीकारेका छैनन् । तर, साम्राज्ञी र मयंकका फेसबुकमा छरिएका तस्बिर हेर्ने हो भने पनि उनीहरुको प्रेम गज्जबले झल्किएको हुन्छ ।

साम्राज्ञी र मयंक सार्वजनिक कार्यक्रममा सँगै पुग्दैनन् । तर, बुधबार आयोजना गरिएको चलचित्र ‘तिमी सँग’ को प्रिमियरमा भने साम्राज्ञी मयंकलाई लिएर गइन् ।

कुमारी हलको परिसरमा एक साथ पुगे पनि त्यसपछि उनीहरु छुट्टएिका थिए ।। साम्राज्ञी आफ्ना सहकर्मी कलाकार नाजिर हुसेनको साथमा तस्बिर खिचाउन र इन्टरभ्यू दिन व्यस्त रहिन् । मयंक भने मिडियाको क्यामेराबाट आफूलाई जोगाउने ध्याउन्नमा लागे ।

मयंकको तस्बिर र भिडियो खिचेका केही मिडियाकर्मीलाई उनकै एक साथीले तस्बिर नखिच्न भन्दै क्यामेरा नै छेक्न पुगेकी थिइन् । जसले गर्दा, केही मिडियाकर्मीलाई मयंकको तस्विर खिच्न दिइएन । ‘तपाईंहरुले सुन्नुभएन, तस्बिर नखिच्नु भनेको हैन ?’ भन्दै मयंककी एक साथीले मिडियाकर्मीलाई थर्काइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?