Comments Add Comment

गण्डकी विकासको प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

२२ चैत, काठमाडौं । गण्डकी विकास बैंकको सञ्चालक समितिले चुक्ता पुजीको १९.३१ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ ।

प्रस्तावित बोनस सेयर बैंकको बार्षिक साधारणबाट पारित हुन बाँकी छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरको विकास बैंकले न्युनतम रु.२ अर्व ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेमा बोनस सेयर पश्चात बैंकको पुँजी रु.२ अर्व ७५ करोड हुनेछ ।

चुक्ता पुँजीको आधारमा गण्डकी विकास बैंक नेपालको विकास बैंक मध्य सबैभन्दा ठुलो बिकास बैंक हुनेछ । न्युनतम चुक्ता पुँजी पुर्‍याउन बैंकले यस अगावै २५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रदमा जम्मा नभएको बाँकी सेयर समेत लिलाम विक्री भै बाँडफाँट समेत भैइसकेको छ ।

बैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको छ । यसै आ.व. भित्रनै निर्माणाधीन सम्पूर्ण शाखाहरु सञ्चालनमा आउनेछन् । यस पश्चात बैंकको कुल शाखा ७७ वटा हुन जानेछ । यी शाखाहरु स्थापना पश्चात बैंकको सेवा सातै प्रदेशबाट विस्तार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment