Comments Add Comment

‘तिमी सँग’को सुखद सुरुवात, साम्राज्ञी लण्डन उड्दा एक्लै हल पुगे नाजिर


आजबाट एक मात्र नयाँ नेपाली चलचित्र रिलिज भएको छ । ‘शिशिर राना’को निर्देशनमा तयार भएको चलचित्र ‘तिमी सँग’ले सोलो रिलिजको अवसर पाएको हो ।

शुक्रबार बिहान काठमाण्डौको गोपिकृष्ण हलमा नायक नाजिर हुसेन पुगेका छन् । नाजिर हलमा पुग्दा दर्शकको उल्लेख्य उपस्थिती देखेपछि खुशी देखिएका छन् । शनिबार बिहानीको शोमा गोपिकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ । शुक्रबार नै दर्शकको यस्तो खालको उपस्थिती देखेपछि कलाकार नाजिर हुसेन र निर्देशक राना खुशी देखिएका छन् । मल्टिप्लेक्समा पनि चलचित्रको अकुपेन्सी सुखद छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बिहिबार नै चलचित्र ‘इन्टु मिन्टु लण्डन’माको छायांकनका लागि लण्डन उडेपछि नाजिर एक्लै हल पुगेका हुन् ।

यस्तै, नायक आकाश श्रेष्ठ पनि चलचित्र ‘रामकहानी’को छायांकनका लागि काठमाण्डौ बाहिर रहेकाले हलमा पुग्न सकेनन् । शुक्रबार नै हलमा दर्शकको उपस्थिती राम्रो रहेकाले शनिबार व्यापार अझै सुखद हुने विश्वास निर्माणपक्षले लिएको छ ।

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment