+
+
Shares

पोखरामा जलेको अवस्थामा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते १७:५४


२३ चैत, पोखरा । पोखरामा एक युवाको शव जलाएर फालेको अवस्थामा फेला परेको छ ।

पोखरा-३२ मजुवामा शरीर पूरै जलेको अवस्थामा शव भेटिएको हो । अन्दाजी २०/२२ वर्षका युवक जलेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अन्त कतै मारेर जलाइएको हो या जिउँदै जलाएर फालिएको हो अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मात्रै घटनाबारे थाहा हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?