Comments Add Comment

काठमाडौंमा श्रमरत कर्णालीका पत्रकार संगठित

२४ चैत, काठमाडौं । काठमाडौंमा श्रमरत कर्णाली प्रदेशका पत्रकारहरु संगठित भएका छन् ।

प्रदेशका पत्रकारहरुलाई एकतावद्ध गर्न शनिबार सम्पन्न भेलाले कर्णाली पत्रकार समाज, काठमाडौं तदर्थ समिति गठन गरेको हो ।

भरतबन्धु थापा (दैलेख) को अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

दैलेख क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा डिल्ली पाण्डे (जुम्ला), महासचिवमा कमल न्यौपाने (सुर्खेत), कोषाध्यक्षमा रविन्द्र सुवेदी (दैलेख), सचिवमा गीता थापा (सुर्खेत)लाई चयन गरेको छ ।

सदस्यहरुमा रामकुमार शाही (जाजरकोट), विष्ण् विश्वकर्मा (सुर्खेत), धनराज योगी (कालीकोट), नन्दा बस्नेत (सुर्खेत), चिरञ्जीवी सापकोटा (सुर्खेत), बिष्णु फडेरा (हुम्ला), जोसेफ शाही (दैलेख), खेमराज वली (सुर्खेत), सूर्यबहादुर रोकाय (मुगु) र आइसिंह रोका मगर (जाजरकोट) रहेका छन् ।

समितिको सल्लाहाकारमा हरिहर अधिकारी (श्यामल)को संयोजकत्वमा सूर्यमणि गौतम र नेत्र केसीलाई चयन गरिएको महासचिव कमल न्यौपानेले जानकारी दिए ।

तदर्थ समितिले ६ महिनाभित्र प्रथम अधिबेशन गर्ने गरी तयारी गर्ने छ । विधान निर्माण तथा संस्था दर्ताका लागि महासचिव न्यौपानेको संयोजकत्वमा खेमराज वली र रविन्द्र सुवेदी सदस्य रहेको उपसमिति समेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment