+
+

टाटुले खुलायो गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते १९:१५
साङ्केतिक तस्वीर

२४ चैत, काठमाडौं ।  टोखा नगरपालिका ९ मिलनटोलको भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ ।

प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ‘रिया’ भएको प्रहरीले जानकारी दिएको छ ।

शरीरमा खोपिएको टाटुको आधारमा उनको पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनको शव खुट्टामा तौलिया र घाँटीमा रुमालले बाँधेको अवस्थामा फेला परेको थियो ।

युवतीसँगै राति गेष्ट हाउसमा आएका दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वली फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

‘यो उनले गेष्ट हाउसको २ सय ३ नम्बरको कोठा बुकिङ गर्दा दिएको नाम हो’, घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने, ‘उनले सही नाम दिएको हो वा फेक उल्लेख गरे भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

शुक्रबार कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी कोठाभित्र मृत अवस्था भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?