Comments Add Comment

टोखामा युवकसँग गेष्ट हाउस गएकी युवतीको शंकास्पद मृत्यु

साङ्केतिक तस्वीर

२३ चैत, काठमाडौं । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएकी महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो । लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध मशाखाको टोली घटनास्थल पुगेको थियो ।

युवतीसँगै राति गेष्ट हाउसमा आएका दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वली फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

‘यो उनले गेष्ट हाउसको २ सय ३ नम्बरको कोठा बुकिङ गर्दा दिएको नाम हो’, घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने, ‘उनले सही नाम दिएको हो वा फेक उल्लेख गरे भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

शुक्रबार कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी कोठाभित्र मृत अवस्था भेटिएकी थिइन् ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment