Comments Add Comment

सेयर बजार घट्दा मात्रै उठ्ने यी मुद्दा !


२५ चैत, काठमाडौं। नेपाली सेयर बजारमा पुर्वाधार निर्माण, सेयर बजार सुधारका मुद्दा तब मात्र उछालिन्छ, जतिखेर बजार घट्दो क्रममा रहेको हुन्छ । घट्दो बजार नै राजनीतिक दल, लगानीकर्ता हुन् वा बजार सञ्चालक तथा नियामक सबैले बजार सुधारको गफ गर्ने मेलो बन्ने गरेको छ । बजार बढ्दा भने सरकार आफु जस लिन र लगानीकर्ता नाफा निकाल्नै केन्द्रीत हुने गरेका छन् ।

यही प्रवृत्तीले सेयर बजार सुधार गफ मै सिमित हुने गरेको देखिदै आएको छ ।

सात वर्ष भयो, खै एनआरएन बजारमा पसेको ?

सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने सरकारी योजना आजको होइन । आर्थिक वर्ष २०६७/६८ मा सुरेन्द्र पाण्डेले ल्याएको बजेटमा पुँजी बजारसँग सम्बन्धि मात्रै एउटा योजाना आयो, गैरआवासीय नेपालीको लगानी भित्र्याउने । आव २०७०/७१ मा शंकरप्रसाद कोइरालाले र आव २०७१/७२ मा डा. रामशरण महतले ल्याएको बजेटले यही कुरा दोहोर्‍यायो।

गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ र गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ ले गैरआवासीय नेपाललीलाई बैंकमा खाता खोल्न, पैसा फिर्ता लान सक्ने व्यवस्था गरिदिएको छ । तरपनि बजारमा यी लगानीकर्ता प्रवेश गर्न सकेका छैनन् ।

‘केही समयअघि साथीभाइ मार्फत् सेयर बजारमा गैरआवासीय नेपालीले लगानी गरेको पनि सुनिन्थ्यो । तर अहिले त्यस्तो केही सुनिदैन,’ एक ब्रोकरले भने ।

‘लगानी लैजाँदा नियामक निकाय राष्ट्र बैंकसँग पटक–पटक अनुमति लिइरहनु पर्ने भएकोले पनि उनीहरुलाई आकर्षित गर्न सकिएको छैन,’ नेप्सेका एक अधिकारी निरञ्जन फुयाल बताउछन् । दोस्रो बजारमा सेयर खरिद गर्न नागरिकता आवश्यक पर्ने भएकोले पनि प्रक्रियागत समस्याहरु रहने गरेको फुयालले बताए ।

हुनतः लगभग दुई वर्षअघि गैरआवासीय नेपालीलाई भित्र्याउन भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थमन्त्रालय, राष्ट्र बैंकका अधिकारीहरुको सलग्नतामा एउटा कमिटि पनि बनेको थियो । एक पटक बैठक बसेपछि त्यो कमिटिका सदस्यहरु अहिले एकल रुपमा अध्ययनमा लागेको संलग्न अधिकारीहरु बताउछन् ।

हुनतः एनआरएनहरु मध्ये ८० प्रतिशत मध्यपूर्वी राष्ट्रमा रहेका र उनीहरु मध्ये धेरै सामान्य श्रम गर्ने वर्ग भएकोले पनि बजारमा आकर्षित गर्न नसकिने देखिएको विज्ञहरु बताउछन् ।

हाल एनआरएनले चाहेमा लगानी व्यवस्थापक र सामूहिक लगानी कोषमा सहजसँग लगानी गर्न सक्ने व्यवस्था छ । तर, एनआरएनको अनुपस्थितीमा लगानी व्यवस्थापकले पुँजी परिचालन गर्न समस्या देखिएकोले यी माध्यम पनि प्रभावकारी भएका छैनन् ।

खै संस्थागत लगानीकर्ता, मार्केट मेकर ?

सेयर बजारमा गैरआवासीय नेपालीको जप आलाप भएको मात्र बर्षौ भएको होइन । सात वर्षअघि बजार उच्च घट्दा सेयर किन्ने र बढ्दा बेचेर बजारलाई स्वभाविक गति दिनेगरि मार्केट मेकर अर्थात बजार निर्माता ल्याउने पहल थालिएको थियो ।

धितोपत्र बोर्डले सात वर्षअघि नै यससम्बन्धी कार्यविधि नै तयार भएको जानकारी दिएको थियो । कम्तिमा पाँच अर्बको कोष बनाएर नागरिक लगानी कोष वा कर्मचारी सञ्चय कोषलाई मार्केट मेकरको रुपमा भित्र्याउने पहल भएको पनि थियो । तर, यो त्यतिकै सेलायो ।

२०७२ सालमा फेरी मार्केट मेकरको चर्चा चलाइयो । बजार न्युन विन्दु २ सय ९२ बाट क्रमिक रुपमा उकालो लाग्दै गर्दा बजारमा १० अर्बको कोष बनाएर मार्केट मेकर ल्याउन लागेको नियामकहरुले नै सार्वजनिक गरे । तर, अहिले डिलरको रुपमा ल्याउने भनिएको काम भने अगाडी बढेको छैन ।

पूर्ण स्वचालित नेप्से !

आर्थिक वर्ष २०७१/७२ मा रामशरण महतले ल्याएकै बजेटले नेप्सेलाई पूर्ण स्वचालित प्रक्रियामा लाने घोषणा गरेको थियो । हाल यसको लागि आवश्यक प्रणाली निर्माण भइरहेको छ । नेप्सेका पुर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गत कात्तिक २१ गते नै अनलाइन कारोबारको परिक्षण हुने बताएका थिएन ।

प्रणाली निर्माता कम्पनीले गत वर्ष माघमा प्रणाली निर्माण गर्न १४ महिनाको सीमा पाएको थियो । तर, कम्पनीले जेठमा मात्रै प्रणाली हस्तान्तरण गर्न सक्ने बताउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment