Comments Add Comment

डीपीएल : पारस खड्काको टीम पराजित, अत्तरिया प्लेअफमा

२५ चैत, धनगढी । पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै कैलालीको सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग  (डीपीएल) को प्लेअफमा पुगेको छ ।

वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा विराटनगर किंग्सले दिएको ५६ रनको लक्ष्य सीवाइसी अत्तरियाले २ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

खेल हारेपछि पारस खड्का नेतृत्वको विराटनगर किंग्स डीपीएलको समूह चरणबाटै बाहिरिएको छ ।

पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको थियो । उसका लागि अनिल शाहले १५, दिलीप नाथले नटआउट १५, बाबर हायातले १४ र कप्तान पारस खड्काले ९ रन जोडेका थिए । बलिङतर्फ कमलसिंह ऐरीले २ तथा शुभशंकर उराउले १ विकेट लिए ।

५६ रनको विजय लक्ष्य पाएको सीवाइसी अत्तरियाका लागि भारतीय खेलाडी विपिन चन्द्रले २६, दीपेन्द्रसिंह ऐरीले २० र कुशल भुर्तेलले ४ रन जोडे । बलिङतर्फ विराटनगरका पारस खड्का र रामनरेश गिरीले समान २/२ विकेट लिए ।

डीपीएलमा यसअघि नै काठमाडौं गोल्डेन्स, टिम चौराहा, महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment