Comments Add Comment

गुल्मी महोत्सवमा ढिकी-जाँतोमा आकर्षण

 २५ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सवमा प्रर्दशनमा राखिएका परम्परागत कुटानी पिसानीका सामानहरुमा आर्कषण वढेको छ ।

महोत्सवमा राखिएका ढिकी,जातो,कोल जस्ता पुराना कुटानी पिसानीका सामाग्रीहरुमा आर्कषणमा परेको हो ।

महोत्सवमा आउने आगन्तुहरुलाई पुराना कुटानी पिसानीका सामाग्रीहरु देखाउने उदेश्यले रेसुङ्गा लालिगुँरास आमा समूहको सहयोगमा महोत्सव स्थलमा राखिएको महोत्सव घरेलु तथा परम्परागत समिति संयोज मनिराम अर्यालले जानकारी दिए ।

पछिल्लो सयमा बिभिन्न प्रबिधिले पुराना कुटानी पिसानीका सामाग्रीहरु बारे अहिलेका पीडिलाई जानकारी दिने मुख्य उदेश्यले महोत्सव अबधिभर राखिएको संयोजक अर्यालले जानकारी दिए ।

पुनारा पूर्खाहरुले कसरी कुटानी पिसनी गरेर खान्थे भन्ने अहिलेका पिडिहरुमा पनि जानकारी दिने मुख्य उदेश्यले राखेर पुराना परम्परागत सामाग्रीहरु ल्याइएको आयोजकले जनाएको छ ।

महोत्सव अबधिभर राखिएका ढिकी,कोल,जातो लगायतका सामाग्री नयाँ पिडिहरुले जानकारी लिने गरेको रेसुङ्गा लालि गुँरास आमा समुहकी अध्यक्ष गीता खत्रीले बताइन् ।

उनले अहिलेका पिडिहरुमा पुराना परम्परागत सामाग्रीहरु बारे निकै चाख मानेर ज्ञान लिने गरेको बताइन् । उनले आफुले पनि परम्परागत सामाग्रीहरु मार्फत कुटानी पिसानीको अनुभव लिएको बताइन् ।

गएको शुक्रवारबाट चलेको महोत्सवको दशौं दिनसम्म महिलारुले प्रत्यक्ष ढिकी मार्फत कुटानी, जातो मार्फत पिसनी रकोल मार्फत चिउरीको घिउ बनाउन पेल्ने कोल मार्फत पेलेर देखाएका थिए ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ । महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।

स्थानिय लोप उनमुख हुनलागे बिभिन्न नाचहरु झाँकीहरुलाई पनि राखिएको आयोजकले जनाएको छ ।

सदरमुकाम तम्घासमा ११ दिनसम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

महोत्सवलाई तप आर्कषक बनाउन भन्दै २ दिन हेलिकप्टर पनि राखिएको थियो । महोत्सव चैत २६ गते सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment