+

केएलको रेकर्डसँगै पञ्जाबले दिल्लीलाई हरायो

२०७४ चैत  २५ गते १९:४६ २०७४ चैत २५ गते १९:४६
केएलको रेकर्डसँगै पञ्जाबले दिल्लीलाई हरायो

१५ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्ग्स इलाभेन पञ्जाबले सुखद सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो । पहिलो खेलमा दिल्लीमा आवद्ध नेपाली बलर सन्दिप लामिछानेले भने मौका पाएका थिएनन् ।

दिल्लीले दिएको १६७ रनको लक्ष्य पञ्जाबले ७ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । पञ्जाबलाई जिताउन आक्रामक ब्याटिङ गरेका केएल राहुलले १४ बलमा अर्धशतक बनाए । उनी ५१ रनमा आउट भए । करुण नयरले पनि अर्धशतक बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका कप्तान गौतम गाम्भीरले ५५ रन बनाएका थिए ।

आईपीएलकै कान्छो क्रिकेटर मुजिब उर रहमान र मोहित शर्माले समान २-२ विकेट लिए ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय