Comments Add Comment

यस्तो छ मनमोहन सिंहमाथि बनेको फिल्मको फस्टलुक

मुम्बई । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा बनेको चलचित्र ‘द एक्सीडेन्टल प्राइममिनिस्टर’ को फस्र्टलुक सार्वजनिक भएको छ । अनुपम खेरले यस फिल्ममा मनमोहन सिंहको भुमिका निर्वाह गरेका छन् भने सोनिया गान्धीको भुमिकामा सुजैन बर्नट देखिएकी छिन् । सुजैनले टि्वट गर्दै यसको पुष्टि गरेकी छिन् ।

उक्त फिल्म राजनीतिक विश्लेषक सञ्जय बारुको पुस्तक ‘द एक्सीडेन्टल प्राइममिनिस्टर’ मा आधारित छ । फिल्मका निर्देशक विजय रत्नीकर गुट्टेले गरेका छन् । हंसल मेहता यस फिल्मको क्रिएटिभ प्रोड्युसर हुन् । अक्षय खन्नाले सञ्जय बारुको भुमिका निर्वाह गरेका छन् ।

सोनिया गान्धीको भुमिका निर्वाह गर्ने सुजैन हिन्दी, बंगाली, मराठी भाषाको जानकार छिन् । उनले नो प्रोब्लम, हनीमुन ट्राभल्स प्रालि जस्ता केही हिन्दी फिल्ममा काम गरेकी छिन् । उनले सोनिया गान्धीको भुमिका निर्वाह गरेको यो पहिलोपटक होइन । यसअघि सेभन आरसीआर नामक एक धारावाहिक सिरिजमा पनि सोनियाको भुमिकामा देखिएकी थिइन् । उनी बेली डान्सर हुन् भने लावणीमा पनि पोख्त छिन् ।

सञ्जय सन् २००४ देखि २००८ सम्म प्रधानमन्त्री सिंहका मिडिया सल्लाहकार थिए । किताब प्रकाशन भएपछि विवाद पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment