+
+

शाहिद कपुरकी पत्नी फेरि गर्भवती !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते ८:२०

बलिउड अभिनेता शहिद कपुरकी पत्नी मिरा राजपुतको फेरि ठूलो भुँडी देख्न थालिएको छ । भारतीय मिडियाका अनुसार २३ वर्षको उमेरमा उनले दोस्रोपटक गर्भ बोकेकी छिन् ।

पहिलो सन्तानको रुपमा जन्मिएकी छोरी मिसा नहुर्किँदै मिरा फेरि गर्भवती भएकी हुन् । यद्यपि, यो कुराको पुष्टी शहिद र मिरा दुवैले गरिसकेका छैनन् । हालै सार्वजनिक भएको मिराको तस्वीरबाट उनी गर्भवती भएको खुलासा भएको हो । तस्वीरमा उनी लामो गाउनमा छिन्, जहाँ उनको बेबी बम्प देख्न सकिन्छ ।

केही समयअघि एक अन्तरवार्तामा शाहिदले आफूहरु दोस्रो बच्चाको प्लानिङ गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले पहिलो बच्चा प्लान गरेका थिएनौं, तर आकश्मिक रुपमा छोरी जन्मिइन् । यसले हामीलाई ठूलो खुशी मिलेको छ । अब चाँडै अर्को बच्चा पनि पाएर आफ्नो परिवारलाई पूर्ण बनाउन चाहन्छौं ।’

दोस्रो बच्चा हुर्काइसकेपछि मिराले आफ्नो करिअरका विषयमा सोच्ने शाहिदले बताएका छन् । तर, मिरा भने गृहणी जीवनमै रमाउन चाहन्छिन् । अनेक युवतीसँग प्रेम गरेका शाहिदले मिरासँग मागीबिहे गरेका हुन् । शाहिद आफ्नी पत्नी र छोरीलाई निकै माया गर्छन् । उनीहरुलाई अक्सर सपरिवार रेस्टुरेन्ट वा एयरपोर्टमा स्पट गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?