Comments Add Comment

प्रदेश २: प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले बुझाए नीति तथा कार्यक्रम

मुख्यमन्त्री लालबाबु राउत प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई नीति तथा कार्यक्रम बुझाउँदै । तस्वीरः प्रदेश सरकारको फेसबुकबाट ।

२७ चैत, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश गरेका छन् ।

मुुुख्यमन्त्री राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुझाएका हुन् ।

प्रदेश सरकारले सोमबार नै प्रदेश सांसद् सचिवालयलाई पनि नीति तथा कार्यक्रम बुझाएको छ ।

प्रदेश संसद् सचिवालयका रञ्जित यादवले सरकारले तयार पारेको नीति तथा कार्यक्रम चैत २८ मा बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले सार्वजनिक गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुखले प्रस्तुत गरेपछि सांसदहरुबीच छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment