+
+

एनआईसी एशियाको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १७:२७

२७ चैत, काठमाडौं । एनआईसी एशिया बैंकको गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासीमा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकको गैंडाकोट शाखाको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरे ।

स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको र त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु सबैमा बंैकले शाखा विस्तार गरेपछि खुशी छाएको कार्यक्रमका पौडेलले बताए ।

बैंकको हाल १ सय ९२ शाखा कार्यालय, १ सय ९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ मार्पmत् बैकिङ सेवा दिदै आएको छ । बैंकको वासलातको आकार रू १ खर्ब ५५ अर्ब भन्दा वढि पुगेको छ । बैंकको कुल कर्जा करिब रू १ खर्ब ७ अर्ब र कुल निक्षेप करिब रू १ खर्ब ३१ अर्ब पुगीसकेको छ ।

वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको बैंकको दाबी छ । संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?