Comments Add Comment

सिरियामा मिसाइल आक्रमण गर्ने ट्रम्पको धम्की, तयार रहन रसियालाई चेतावनी

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा मिसाइल आक्रमण गर्ने भन्दै तयार रहन रसियालाई चेतावनी दिएका छन् ।

अघिल्लो हप्ता सिरियामा रासायनिक हमलाको आरोप लगाउँदै ट्रम्पले त्यसको जवाफमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका हुन् । ट्विटरमार्फत ट्रम्पले रसियालाई सिरियाली राष्ट्रपति बसर अल असदसँग मित्रतापूर्ण सम्बन्ध नराख्न पनि आग्रह गरेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असद सरकारले रासायनिक हमलामा रसियाको साथ पाएको छ । ट्रम्पले ट्विटरमा असदलाई ग्यास किलिङ एनिमल भनेका छन् ।

गएको शनिबार सिरियाको पूर्वी शहर डुमामा सरकारी सुरक्षाकर्मीले रासायनिक हमला गरेको सिरियाली विपक्षी अधिकारकर्मी, उद्दार कर्ता र डब्लुएचओले पनि बताएको छ ।

सिरियाली अमेरिकी मेडिकल सेसाइटीले ५ सय भन्दा बढी मानिसमा रासायनिक हमलाको लक्षण देखिएको बताएको छ । बुधबार नै विश्व स्वास्थ्य संगठनले डुमामा जान दिन सिरियाली सरकारसँग मागसमेत गरेको छ ।

ट्रम्पले रसियासँगको सम्बन्ध अहिलेसम्मको खराब रहेको बताउँदै रसियासँग शीतयुद्ध रहेको उल्लेख गरेका छन् । ट्रम्पले आफू सबै राष्ट्रले मिलेर सँगै काम गरौं भन्ने चाहना राखेको भन्दै सैन्य दौडमा नलाग्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment