Comments Add Comment

अमेरिकामा प्रियंका रंगभेदको शिकार !

बलिउडकी सफल अभिनेत्री प्रियंका चोपडा हलिउडमा पनि बलियो खुट्टा टेक्ने प्रयासमा छिन् । हलिउड फिल्म र टिभी सिरिजमा समेत काम गरिसकेकी उनले गतिलो चर्चा भने पाउन सकेकी छैनन् ।

यसैबीच उनले चर्चामा आउने प्रयासस्वरुप आफू हलिउडमा रंगभेदको शिकार भएको बयान दिएकी छिन् । रंगभेदकै कारणले धेरै वटा फिल्म आफूले गुमाउनु परेको उनको तर्क छ ।

एउटा अन्तर्राष्ट्रिय म्यागजिनलाई अन्तरवार्ता दिँदै उनले भनिन्, ‘मैले आफ्नो छालाको रंगको कारणले धेरैवटा हलिउड फिल्म गुमाएकी छु । यसबाट म निकै निराश छु ।’

पि्रयंकाका अनुसार निर्माता-निर्देशकहरुले उनलाई उनको ‘फिजिक्स’ छालाको रंग हलिउड फिल्मको लागि उपयुक्त नरहेको बताउने गरेका छन् ।

त्यसो त पि्रयंकाले बाल्यकालमा पनि रंगभेदको शिकार हुनु परेको थियो । यसको खुलासा उनी स्वयम्ले केही समयअघि गरेकी थिइन् । पढाईका लागि पि्रयंका अमेरिकाको एउटा स्कुलमा भर्ना भएकी थइन् । त्यतिबेला उनले रंगभेद झेल्नु परेको हो ।

पि्रयंकाले भनेकी थिइन्, ‘१२ वर्षको उमेरमा म पढ्नलाई अमेरिका आएकी थिएँ । तर अमेरिकामा मानिसहरुको रंगभेदी टिकाटिप्पणीहरुले गर्दा भारत फर्किन वाध्य भएँ ।’

पि्रयंकाका अनुसार अमेरिकामा स्कुल पढ्दा उनलाई सबैले ‘ब्राउनी’ भन्ने गर्थे । सबैले उनको मजाक उडाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment