Comments Add Comment

नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ८ गम्भीर


२९ चैत, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनाका घाइतेहरुलाई अहिले उद्धार गर्ने काम भइरहेको र घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।

सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment