Comments Add Comment

प्रदेश ३ मा पारिश्रमिक सम्बन्धी तीन विधेयक प्रदेशमामिला समितिमा

२९ चैत, हेटौंडा । प्रदेशसभा ३ को बिहीबारको बैठकले स्थानीय तह, प्रदेशसभा र प्रदेशका मूख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, प्रदेश मामिला समितिमा छलफलका लागि पठाएको छ ।

गाउँ, नगर, जिल्लासभा सञ्चालन कार्यविधि सम्बन्धी विधेयक पनि प्रदेश मामिला समितिमा पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसदमा दर्ता गराएको स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक र गाउँ, नगर, जिल्लासभा सञ्चालन कार्यविधि विधेयक छलफलका लागि समतिमिा पठाउन मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा प्रस्ताव गरेका थिए ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, छलफलका लागि प्रदेश मामिला समितिमा पठाउन प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment