+
+
Shares

प्रदेश १ सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट

गरीबलाई सु्लभ मूल्यमा खाद्यान्न, पूर्वाधारमा १४ करोड

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ चैत २९ गते १७:२९

२२९ चैत विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाको लागि लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेको छ ।

बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट पेश गरेका हुन् ।

प्रदेश सरकारले अन्य स्रोत नभएकोले संघीय सरकारले दिएको समानीकरण अनुदानबाटै बजेट निर्माण गरेको हो । गत चुनावमा बाम गठबन्धनको घोषणापत्रलाई आधार बनाएर आर्थिक मामिलामन्त्री आङ्बोले संदनमा जानकारी दिए ।

सदनमा पेश गरिएको बजेटमा १४ जिल्लाका १/१ स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गर्ने उद्देश्य राखिएको छ ।

त्यसैगरी खाद्यान्न कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कृषि क्षेत्रको विकासको लागि ४ करोड ७६ लाख, पर्यटनको विकासको लागि ६ करोड ५३ लाख, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकासको लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रको लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै प्राकृतिक प्रकोप पीडितको राहतको लागि २ करोड ४१ लाख रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री आङ्बोले जानकारी दिए ।

चालु आर्थिक वर्षको नौ महिना वितिसकेको बताउदै मन्त्री आङ्बोले अहिलेसम्मको अवधिमा प्रदेशका लागि प्राप्त समानीकरण अनुदान मध्येबाट ३ करोड १८ लाख १० हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिए ।

प्रदेश सरकारले परिचय पत्रको आधारमा गरीबका लागि सहुलियत रुपमा खाद्यान्न प्रदान गर्ने, वीर योद्धा र शहीदहरुको सम्मान स्वरुप नमूना बस्ती विकास गर्ने, द्वन्द्व पीडितलाई सीप तथा तालिम दिई रोजगारीको व्यवस्था गर्न बजेट विनियोजन गरेको छ ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन र प्रदेशका अन्य विमानस्थलको स्तरोन्नतिका लागि ६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मोरङको भाउन्नेमा पेट्रोलियम पदार्थ उत्खनन गर्ने, सबै सरकारी विद्यालयमा निशुल्क खाजाको व्यवस्था गरिने, प्रत्येक स्थानीय तहमा स्त्रीरोग विशेषज्ञसहितको एउटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका प्रत्येक स्थानीय तहमा १५ देखि २५ शैयाको अस्पताल स्थापना गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?