+
+

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

रासस रासस
२०७४ चैत ३० गते ७:१२
प्रतीकात्मक तस्वीर

३० चैत, झापा । आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता नेपाल रहेका छन् ।

चितवनका विभिन्न व्यक्तिलाई भारतीय सेनामा जागिर लगाइदिने भन्दै नगद तथा सुनका गरगहना ठगी गरेर फरार भएको उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा नेपाल दम्पतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

२० दिनअघि उनीहरु बिर्तामोडस्थित जात्रुवाडी चौक नजिकै कोठा भाडामा लिएर बस्दै आएको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपाल दम्पतीलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत जिल्ला प्रशासन कार्यालय चितवन उपस्थित गराइएको छ । केही समययता विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहबाट सजग रहनसमेत प्रहरी नायब उपरीक्षक कोइरालाले आग्रह गरे ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?