+
+

चीन र भारत निर्यात हुन छाडे १३ बस्तु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १७:२९


३० चैत, काठमाडौं । आयात निर्यातमा उच्च असन्तुलन भोगिरहेको नेपालबाट चीन र भारत तर्फ जाँने गरेको केही बस्तुको निर्यात ठप्प नै भइसकेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको आठ महिनाको तथ्यांक अनुसारे चार बस्तुको भारत तर्फको निर्यात ठप्पनै भएको छ । यसरी निर्यात ठप्प हुने बस्तुका दाल, कच्चा जुट, बिस्कुट, बनस्पती घ्यू, स्याम्पु र तेल, ढुंगा बालुवा हुन् ।

अन्तिम पटक भारत तर्फ २०७२ असारसम्ममा २१ लाख रुपैयाँको बिस्कुट र पाँच करोड ४७ लाख रुपैयाँको बालुवा गिटी गएको देखिन्छ । बनस्पति घ्यू, स्याम्पु र तेल भने त्योभन्दा अघिदेखि नै जान छाडेको देखिन्छ । गत आवसम्म दाल निर्यात घटेर ४० लाख रुपैयाँमा सिमित भएकोमा अहिले ठप्प भएको हो । अन्तिम पटक गत आवका कच्चा जुटको निर्यात तीन करोड ९५ लाख रुपैयाँ बराबर भएको थियो ।

भारततर्फ निर्यात ठप्प हुन लागेका आठ बस्तु

नेपालबाट कम मात्रामा जाने गरेको भएपनि आठ बस्तुको निर्यात उच्च दरले ह्रास भइरहेको छ ।
सुतरी धागो, फलफुल, जीआइ पाइप, स्टिल पाइप, कागज, प्लास्टिकका भाँडाकुँडा, चामलको तेल, साबुन, बेसारको निर्यात ५२ देखि ९९ प्रसिसतसम्म ह्रास आएको छ ।

एक महिनामै अर्बौको अलैंची र जुस निर्यात

फागुन महिनामा मात्रै नेपालबाट अलैंची र जुस निर्यात उच्चले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
माघसम्ममा ३६ करोड रुपैयाँको जुस निर्यात भएको भारतमा फागुनसम्ममा भने दुई अर्ब ४९ करोड रुपैयाँले निर्यात बढेर दुई अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । भारतले चालु आवको बजेटमा जुसको भन्सार दर बढाएर ३५ देखि ५० प्रतिशत पु¥याएको छ । यसले पनि यसको व्यापार प्रभावित भएको छ ।

त्यस्तै, माघसम्ममा ५१ करोड रुपैयाँको अलैची निर्यात भएकोमा फागुनसम्ममा तीन अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । समग्रमा भने भारतबाट नेपालले पाँच खर्ब १० अर्बको सामान भित्र्याएको छ भने नेपालबाट भारततर्फ ३० अर्ब रुपैयाँको सामान गएको छ ।

चीन तर्फ जानै छाड्यो ६ बस्तु

चीन तर्फ सिलाभर, तामा र किट भाँडा, जडिबुटी, मान्छेको कपाल, संगित उपकरणका पार्टपुर्जा, नेपाली कगाज र यसबाट बनेका सामान, रुद्राक्ष, तरकारी निर्यात ठप्प भएका छन् ।

चीन तर्फको निर्यातमा उच्च कटौती हुने बस्तुमा छालाका रेडिमेड सामग्री, चाँदी लगायतका गरगहनाको निर्यात ४३ देखि ९१ प्रतिशतसम्म घटेका छन् ।

पाँच बस्तुको चीनको निर्यातमा उच्च वृद्धि

चीन तर्फ पाँच बस्तु जाने क्रम भने बढेको छ । चिया, गहुँको पिठो, चाउचाउ, पस्मिना र अन्य हस्तकला सामग्री जाने क्रम एक सयदेखि ३ सय प्रतिशतसम्म बढेको छ । रकमका आधारमा भने यिनको निर्यात निकै कम छ ।

समग्रमा चीनबाट नेपालले एक खर्ब रुपैयाँको सामान भित्र्याउछ भने एक अर्ब ८६ करोड रुपैयाँको सामानमात्र पठाउने गरेको छ । चीनतर्फ अनौपचारिक व्यापार हिस्सा धेरै रहेकोले पनि वास्तविक तथ्यांक आउन अझै समस्या देखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?