+
+

टोखाको ऐतिहासिक विस्केट जात्रालाई पुनर्जीवन दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १५:५७


३० चैत, काठमाडौं । काठमाडौंको प्राचीन शहर टोखामा हरेक बर्ष मनाइदै आएको विस्केट जात्रालाई यसपटक थप व्यवस्थित बनाइने भएको छ । नेपालको सबभन्दा पुरानो विस्केट जात्रा मानिएको यस जात्रा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै टोखा विस्केट जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले यसपटक जात्रालाई भव्य र सभ्य बनाउने भएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ बर्षको अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने विस्केट जात्रा मेलामा दश लाख बढी तीर्थालु र पर्यटक उतार्ने लक्ष्य लिइएको छ ।
नयाँ बर्षको स्वागत मौलिकरुपमा गरिदै आएको टोखाको उत्खनन र अध्ययनमा पुरातत्व विभागले पनि चासो देखाएपछि जात्रा व्यवस्थापन समितिले टोखामा मनाइदै आएको परम्परागत पर्वहरुलाई अब विशेष रुपमा मनाउने भएको छ ।
व्यवस्थापन समितिका सल्लाहकार गणेशमान श्रेष्ठले टोखावासीकै कमजोरी र अज्ञानताका कारण विस्केट जात्राले पाउनु पर्ने चर्चा बटुल्न नसकेको भन्दै यसपटक सरकारका विशिष्ठ व्यक्तित्वहरुलाई पनि मेला र जात्रामा सहभागी गराइन लागेको जानकारी दिए ।
कार्यक्रममा समितिका सल्लाहकार मनिष जोशीले नयाँ वर्ष मनाउने आफ्नै शैलीलाई संरक्षण गरेको टोखाले देशवासीलाई नै सांस्कृतिक सन्देश दिने योजना बनाएको बनाउनु बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?