Comments Add Comment

नयाँ वर्ष २०७५ को अवसरमा सामसङको नयाँ अफर


३० चैत, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ ।

नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोक्ताहरुलाई लक्षित गरी उपहारको रूपमा प्रस्तुत गरिएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक, वर्ल्ड लिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड इन्टरनेट सँथै नेट टिभी सेवा प्रदान गर्ने भएको छ ।

३२ इन्चदेखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा अबउपभोक्ताले १२ प्रतिशत क्यासब्याक तथा ६ महिनाको लागि १० एमबीपीएसको अनलिमिटेड इन्टरनेट सँथै नेट टिभी सेवा पाउनेछन् ।

त्यसैगरी, ४९इन्चदेखि ५५इन्चसम्मको फ्ल्याट स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यासब्याक सहित ६ महिनाको लागि २५एमबीपीएस को अनलिमिटेड इन्टरनेट सँथै नेट टिभी सेवा प्राप्त गर्नेछन् ।

साथै, ५५इन्च कर्भ्ड र त्यसमाथिको श्रेणीका एसयूएचडी र क्युएलईडी टिभीको खरिदमा १२ प्रतिशत क्यासब्याक सहित १ वर्षको ५० एमबीपीएसको अनलिमिटेड इन्टरनेट सँथै नेट टिभी सेवा उपभोक्ताहरुलाई दिइनेछ ।

अन्य एचडीर एफएचडी टिभीको खरिदमा भने उपभोक्ताले अधिकतम खुद्रा मूल्यमा १५प्रतिशत पक्का क्यासब्याक पाउनेछन् ।

माथि उल्लेखित सेवासँगै उपभोक्ताले सामसङको सबै सिंगलडोर रेफि्रजेरेटर तथा डुअलडोर रेफि्रजेरेटर का केही मोडेलहरुमा ११प्रतिशतदेखि १५ प्रतिशतको छुट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी नयाँ वासिङ मेसिन , फ्लेक्सवाल को खरिदमा सामसुङ एयर प्युरिफायर र रु ५००० बराबरको २२ किलो डिटर्जेन्ट उपलब्ध छ ।

साथै अन्य टप लोड एउण्ड फ्रन्ट लोड वासिङ मसिन को अधिकतम खुद्रा मूल्यमा १०प्रतिशत क्यास ब्याक पाइनेछ । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथाअधिकृत विक्रेतामा उपलब्ध योअफर १३ मे २०१८ सम्म लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment