Comments Add Comment

कांग्रेस नेताको क्रसर उद्योगमा विप्लव समूहद्वारा आगजनी

चौकीडाँडामा ३ वटा प्रेसकुकर बम भेटियो

१ वैशाख, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो ।

आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

वीपी राजमार्गको चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि भेटिएका छन् । बम निष्कृय पार्न सेनाको टोली त्यसतर्फ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment