Comments Add Comment

विराटनगरमा खुल्यो थ्रीस्टार होटल वीग

२ वैशाख, विराटनगर । भारत र तेश्रो मुलुकका पर्यटकलाई लक्षित गरेर विराटनगरमा थ्रीस्टार होटल सञ्चालनमा आएको छ ।

नयाँ वर्षको अवसर पारेर ‘विग होटल’ सञ्चालनमा आएको हो । होटलको एमाले वरिष्ठ नेता झलनाथ खनालले उदघाटन गरे ।

स्थानीय वीरेन्द्र न्यौपाने र रुपमणि राजभण्डारीको ३० करोड रुपैयाँ लगानीमा विग होटल सञ्चालनमा आएको हो । विराटनगर-जोगबनी सडकअन्तर्गत रोडशेषमा रहेको ६ तल्ले होटलमा अन्तर्राष्ट्रियस्तरका ५३ वटा कोठा छन् ।

८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५०० देखि ७०० जना अट्ने पार्टी हल पनि छ ।

स्थानीयसहित इण्डियन, चाइनिज, इटालियन खानाका परिकार होटलमा उपलब्ध हुनेछ । ४० जनाले प्रत्यक्ष रोजगारी पाएको होटलमा कफीसप र रेष्टुरेन्ट पनि छ ।

स्पा, हेल्थ क्लब र क्यासिनो पनि सञ्चालनमा ल्याउने योजना रहेको सञ्चालक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment