+
+

लुम्बिनी विश्वविद्यालयमा पहिलो पटक दीक्षान्त समारोह हुने

'बुद्ध जयन्तीको अवसरमा १०७ जना दीक्षित हुने’

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १४:२४

२ बैशाख, बुटवल । लुम्विनी बौद्ध विश्वविद्यालयले पहिलो पटक दीक्षान्त समारोह गर्ने भएको छ ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा यही बैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्ने जनाएको हो ।

विश्वविद्यालयले आइतबार लुम्विनीमा पत्रकार सम्मेलन गर्दै विश्व विद्यालयबाट स्नातकोत्तर र विद्यावारिधि उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पहिलो पटक दीक्षित गर्न लागेको रजिष्टार तिलक आचार्यले बताए ।

रजिष्टार आचार्यले स्नातकोत्तर उत्तीर्ण ९१ जना र विद्यावारिधि उत्तीर्ण १६ गरी १०७ जनालाई बुद्धजयन्तीका अवसरमा दीक्षित गरीने बताए ।

दीक्षान्त समारोहमा श्रीलंका विश्वविद्यालयका डीन गेएलएलले सुमनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको कार्यक्रममा विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थिति रहने छन् ।

सोही अवसरमा ५० हजार रुपैयाँका दुई वटा पुरस्कार पनि वितरण गरिने छ ।

०६१ मा स्थापना भएपनि लुम्विनी बौद्ध विश्वविद्यालयमा २०६९ सालदेखि मात्रै पठनपाठन सुरु भएको थियो । यस विश्वविद्यालयमा अहिले स्नातक देखि विद्यावारिधिसम्म ४४७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?