Comments Add Comment

आशिष स्मृति पत्रकारिता पुरस्कार नमिनलाई

२ बैशाख, इलाम । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमीन ढकाललाई प्रदान गरिएको छ ।

हरेक वर्ष बैशाख १ गते प्रदान गरिँदै आएको पुरस्कार यस बर्ष ढकाललाई प्रदान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राम राना र धिरेन्द्र शर्मा रमणले दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरे ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको ०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।

उनको सम्झनामा वि.स. ०६० सालमा इलामका सक्रिय पत्रकारहरुको अगुवाइमा ‘आशिष स्मृति पत्रकारिता पुरस्कार कोष’ को स्थापना भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment