Comments Add Comment

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता


३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

आरामका लागि आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहानै फर्किएर बालुवाटार पुगेका हुन् । दुई नेताको भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र विवादित विषयमा सहमति खोज्नेबारे छलफल हुने बताइएको छ ।

दुई वटै कार्यदलले प्रतिवेदन बुझाएको लामो समय भए पनि संयोजन समितिले विवादित विषयहरुमा टुंगो लगाउन सकेको छैन । यसले गर्दा वैशाख ९ मा पार्टी एकता घोषणा गर्ने तयारी समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment