Comments Add Comment

कर्णालीका गाउँसभा र नगरसभाको कानून निर्माणको बाटो खुल्यो

४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका गाउँसभा र नगरसभाको कानून निर्माणको बाटो खुलेको छ ।

मंगलबार सम्पन्न भएको कर्णाली सरकारको मन्त्रिपरिषद्को बैठकले गाउँसभा र नगरसभाको कानून निर्माण गर्ने बाटो खोलिदिएको हो ।

बैठकले गाउँसभा र नगरसभाको कानून निर्माण प्रकि्रया सम्बन्धी विधेयक २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यो निर्णयसँगै विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयारी गर्ने छ ।

प्रदेशसभका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमाका लागि सुझावसहित कानून मन्त्रालयलाई स्वीकृत दिने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले प्रदेश स्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्वन्धी विधेयक २०७५ तर्जुमाको लागि पनि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुबविक्रम बुढाथोकीले जानकारी दिए ।

यस्तै संचित कोष संचालन नियमावली २०७५ पारित गर्ने र कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment