Comments Add Comment

दिल्लीको बलिङमाथि उठ्यो प्रश्न, सन्दीपले पाउलान् त मौका ?

बलिङ विचार गर्नुपर्ने देखियो - सहायक प्रशिक्षक श्रीराम

४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्स कोलकाता नाइट नाइडर्ससँग ७१ रनले पराजित भयो ।

खेलपछि प्रतिक्रिया दिँदै दिल्लीका ग्लेन म्याक्सवेलले आफूहरुको बलिङ कमजोर रहेको बताए । ‘हाम्रो बलिङ लाइन मिसमास भयो, हामीले एउटै लयमा मिलाएर बलिङ गर्नै सकेनौँ’ म्याक्सवेलले भने, ‘उनीहरुले बिचको ओभरमा धेरै रन बनाए । हामीले सोचेर बलिङ गर्न सकेनौँ ।’

सोमबार राति कोलकाताकै घरेलु मैदानमा टस जितेर बलिङ गरेको दिल्लीले पहिलो ओभर मेडन गरेको थियो ।

अन्तिम ओभरमा तीन विकेट लिएर १ रन मात्र दिएको दिल्लीको मध्य क्रममा बलिङ खराब रहृयो । उनीहरुले बिचको १८ ओभरमा १९९ रन खाए ।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ रन बनाएका थिए । यस्तै रिसब पन्तले २६ बलमा ४३ रन बनाए ।

अन्यले खुलेर खेल्न सकेनन् । कोलकाताका स्पिन बलरहरु चलेको खेलमा दिल्लीले मध्यक्रममा तीब्र गतिका बलर लगातार खेलायो ।

कोलकाताका आक्रामक ब्याटिङ गरिरहेका एन्द्रे रसेलले तीब्र गतिको बलमा रन बनाइरहेका थिए । उनले १२ बलमै ६ छक्कासहित ४१ रन बनाए । उनको धेरै रन तीब्र गतिका बलर मोहम्मद सामीविरुद्ध आयो ।

दिल्लीले आफ्ना लेगब्रेक स्पिनर राहुल तेवाटियालाई ३ ओभर मात्रै बलिङ गरायो । पहिलो दुई ओभरमा कम रन खाएका उनले अन्तिम ओभरमा तीन विकेट लिएर एक रन मात्र दिए । यस्तोमा मध्यक्रममा उनलाई ल्याउँदा पिचले साथ दिने देखिन्थ्यो । तर, सहाब नदिमको ‘स्लो लेफ्ट आम’ बलिङ भने चल्न सकेन । उनले ४ ओभरमा ४३ रन खर्चिए ।

कोलकाताले १४ ओभर २ बलमा दिल्लीलाई १२९ रनमा अल आउट गर्दा स्पिनरहरु चलेका थिए । कोलकाताका सुनिल नारायनले तीन, कुलदिप यादवले तीन साथै पियुस चावलाले एक विकेट लिए ।

‘हामीले हाम्रो बलिङमा छिटै बिचार गर्नुपर्ने देखिएको छ’ दिल्लीका सहायक प्रशिक्षक श्रीधरन श्रीरामले भने, ‘पञ्जावका राहुलले धुरन्धर हाने, राजस्थानसँग हामी ठीकै थियौँ । तर, कोलकातासँग त धेरै नै कमजोर देखियो ।’

दिल्लीलाई घातक हुने अर्को कुरा उनीहरुले धेरै छक्का चौका खाएका छन् । यो सिजन ४ मा एक खेल मात्र जितेको दिल्लीले ३० चौका र १४ छक्का खाएको छ । जसले पहिलो ६ ओभरमा १०.७५ को रनरेटमा रन भएको छ । यस्तो खराब बलिङ आँकडा अन्य टिममा देखिँदैन ।

जारी आईपीएलको सुरुमै किंग्स इलाभेन पञ्जाबमा केएल राहुलले दिल्लीविरुद्ध १४ बलमै अर्धशतकको कीर्तिमान बनाए । त्यसपछि पनि दिल्लीले मुम्बई इन्डियन्ससँग ३६ बलमै ८४ रन खाएको छ ।

‘हामीले हाम्रो बलिङमा छिटै बिचार गर्नुपर्ने देखिएको छ’ दिल्लीका सहायक प्रशिक्षक श्रीधरन श्रीरामले भने, ‘पञ्जावका राहुलले धुरन्धर हाने, राजस्थानसँग हामी ठीकै थियौँ । तर, कोलकातासँग त धेरै नै कमजोर देखियो ।’ उनले आफ्ना तीव्र गतिका बलरले केही भिन्न सोचेर आउनुपर्ने बताएका छन् ।

दिल्ली टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन् । तर उनले गएको ४ खेलमा एक खेल पनि खेल्न पाएका छैनन् । आईपीएलमा एउटा टिमले एक पटकमा चार जना मात्र विदेशी खेलाडी खेलाउन पाउँछ ।

ज्यासन रोय, ग्लेन म्याक्सवेल, क्रिस मोरिस, टे्रन्ट बोल्ट, कोलिन मुन्रो, ड्यानियस क्रिष्टियनजस्ता विदेशी खेलाडी भएको टिममा विदेशी खेलाडी भएकैले प्लेइङ ११ मा पर्न सन्दिपलाई कठीन छ ।

यसको अर्को कारण दिल्ली टिममा अमित मिश्रा, साहब नदिम, राहुल तेवाटिया, अभिषेक शर्मा, अखिल हेरवाडकर, महिपाल लोमरर घरेलु स्पिनर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment