Comments Add Comment

भारतबाट ल्याइएको चिनी तीनदिनदेखि कैलाली भन्सारमै रोकियो

४ बैशाख, कैलाली । भारतबाट कैलाली भन्सार नाका भएर आयात हुने चिनी भन्सारमै रोकिएको छ ।

सरकारले चिनीको आयात मूल्य प्रति मेटि्रक टन ४६० डलरमा कायम गर्नु भनेर मौखिक जानकारी गराएपछि कैलाली भन्सारले सबै प्रकृया पुर्‍याएर चिनी आयात गरिरहेका व्यापारीहरुलाई सो भन्दा कम मूल्यमा भन्सार गर्न नसक्ने भन्दै भन्सारमै चिनी रोकिदिएको हो ।

व्यापारीहरुले भारतीय बजारबाट प्रति क्वीन्टल २ हजार ८५० भारतीय रुपैयाँमा खरिद गरे ल्याएपनि भन्सारले भने प्रति केजी ३० रुपैयाँ भन्दा कम मूल्यमा भन्सार नहुने भन्दै तीन दिनदेखि चिनी भन्सार परिसरमा नै राख्नु परेको ठाकुर ट्रेक लिंकका संचालक हरिशंकर ठाकुरले बताए ।

उनले कार्यालयले भनेको सबै प्रकृया पूरा गरेर चिनी आयात गरेको भएपनि कुन उद्देश्यले भन्सार कार्यालयमै राखिएको हो भन्ने आफलूहरुलाई थाहा नभएको बताए ।

राज्यलाई राजश्व तिरेर उपभोक्तालाई सहुलियत दरमा चिनी दिने उद्देश्यले चिनि आयात गर्न लागेको भएपनि सरकारी नीतिका कारण आफू निराश भएको उनले बताए । १ हजार क्वीन्टन चिनी विगत ३ दिनदेखि भन्सार परिसरमा नै रहेको उनको भनाइ छ ।

उता भन्सार कार्यालय कैलालीका निमित्त भन्सार प्रमुख गोपिकृष्ण उप्रेतीले भन्सार विभागबाट मौखिक जानकारी आएको बताउँदै ३० रुपैयाँ भन्दा कम मूल्यमा आयात गरेको चिनीको राजश्व काट्न नसक्ने बताए । तर, ऐनमा प्रष्ट उल्लेख छ, सबै प्रकृया पूरा गरी आयात गरेको खण्डमा जति मूल्यमा आयात भएको छ त्यही अनुसार राजश्व लिने ।

करिब २५ लाख जनसंख्या भएको प्रदेश ७ मा प्रदेशको मुख्यनाका गौरीफन्टा भएर नेपाल भित्रिने चिनीमा राज्यलाई न्यून राजश्व प्राप्त हुँदै आएको छ ।

०७३ को साउन मसान्तदेखि फागुन मसान्त सम्ममा १३ हजार ७६० केजी आयात भएको चिनी चालु आर्थिक वर्षको साउन मसान्तदेखि फागुन मसान्तसम्म चार हजार ९६३ केजी चिनी आयात भएको कैलाली भन्सारले जानकारी दिएको छ ।

यसबाट उसलाई करिब १२ लाख रुपैयाँ मात्रै राजश्व आम्दानी भएको छ । जबकी प्रदेश ७ मा वाषिर्क ९० लाख मेटि्रकटन चिनीको खपत छ ।
प्रदेश ७ का दुई वटा चिनी मिलले मागको करिब १७ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment