Comments Add Comment

कतै तपाईलाई पनि बाँझोपनको समस्यात त छैन ? यस्ता छन् लक्षण

हर्मोन सम्बन्धी विभिन्न समस्यामध्ये पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) पनि एक हो । महिलाहरूमा हुने निसन्तानपनाको मुख्य कारणमा पिसिओएस मानिन्छ । पिसिओएस भएमा महिलाहरूमा बाँझोपना हुने गर्छ ।

बाँझोपना पनि यस्तो जहाँ अण्डकोषबाट अण्डा नै उत्पादन हुँदैन । महिलाहरूमा अण्डा उत्पादन हुने यस्तो प्रक्रिया हो, जसमा अण्डकोषले प्रत्येक महिना अण्डाको उत्पादन गर्छ, जुन पुरुषको शुक्रकि्रटको सम्पर्कमा आएको खण्डमा गर्भाधान हुन पनि सक्छ, नहुन पनि सक्छ ।

प्रजनन उमेर समूहका महिलाहरूमा हुने हर्मोन सम्बन्धी यो समस्या १८ देखि ४४ वर्ष उमेर समूहका महिलाहरूलाई बढी हुने गर्छ । अमेरिकामा मात्र प्रत्येक १० देखि १५ जना महिलामध्ये एकजनामा यो समस्या रहेको पाइन्छ । नेपालमा १० मध्ये ४ जनामा यस्तो समस्या भनिए पनि यससम्बन्धी यकिन तथ्यांक भने छैन ।

शारीरिक श्रमको कमी, मोटोपनका कारण पनि महिलाहरूलाई पिसिओएसको समस्या हुने गर्छ । पुरुषमा हुने टेस्टेस्टेरोन नामक हर्मोन महिलाको शरीरमा धेरै भएमा वा  परिवारमा कसैलाई छ भने पनि परिवारका अन्य सदस्यलाई पिसिओएस हुने सम्भावना बढी हुन्छ ।

पिसिओएस भएमा त्यसको कुनै उपचार विधि छैन । बद्लिदो जीवनशैली, शारीरिक श्रम तथा वजन कम गरेमा भने यसको लक्षणलाई नियन्त्रण गर्न सकिन्छ । गर्भनिरोधक चक्की, मेटफर्मिन तथा क्लोमिफेन लगायतका औषधीको सेवनद्वारा पनि यसको उपचार गर्न सकिन्छ ।

प्रारम्भिक लक्षण पत्ता लगाउने तरिका

पिसिओएसको लक्षण खासै देखिने किसिमको हुँदैन । महिलाहरूले पनि यसलाई खासै गम्भीरताका साथ हेरेको पाइँदैन । कतिले त यसको लक्षणलाई खासै महत्व दिएका हुँदैनन् ।

गर्भधारण गर्न जटिलता उत्पन्न भएपछि मात्र महिलाहरूले प्रायः आफूलाई पिसिओएस भएको महसुस गर्न थाल्छन् ।

पिसिओएसका दस सामान्य लक्षण

-महिनावारी अनियमित हुनु

-महिनावारी नहुनु

-अनुहार तथा शरीरका विभिन्न भागमा अनावश्यक रूपमा रौ उम्रनु

-कपाल पातलो हुनु/झर्नु

-छाला सम्बन्धी समस्या आउनु

-मोटोपना, तौल बढ्नु तथा विभिन्न प्रयासका बाबजुद तौल कम नहुनु

-उच्च रक्तचाप

-तनाव

-डिप्रेसन

-छालाको रङ्गमा परिवर्तन आउनु

पिसिओएसको सबैभन्दा सामान्य लक्षण भनेको महिनावारी अनियमित हुनु हो । महिनावारी अनियमित हुनु भनेको शरीरमा टेस्टेस्टेरोन हर्मोनको मात्रामा वृद्धि हुनु हो । जब शरीरमा टेस्टस्टेरोन नामक पुरुष हर्मोनको वृद्धि हुन्छ, पाठेघरको अण्डकोषमा ससाना सिस्टको विकास हुन्छ । जसले महिनावारीलाई अनियमित गरी अण्डकोषलाई अण्डा उत्पादन गर्नबाट रोक्ने काम गर्छ ।

कयौलाई पिसिओएसकै कारण छ महिनासम्म पनि महिनावारी हुँदैन । विशेषगरी १६ देखि १८ वर्ष उमेर समूहका महिलाको शरीरमा टेस्टेस्टेरोन नामक हर्मोनको मात्रा बढी भएमा उनीहरूमा महिनावारी ढिलो सुरु हुने गर्छ । त्यस्तै, एक पटक भएपछि छ महिनासम्म वा सो भन्दा बढी समय महिनावारी हुनबाट रोक्छ ।

हुन त महिनावारी ढिलो हुनुमा अन्य विभिन्न कारण हुनसक्छ तर पिसिओएस पनि एक नहोला भन्न सकिदैन ।

शरीरमा टेस्टेस्टेरोन नामक पुरुष हर्मोनको वृद्धि भएमा अनुहार तथा शरीरमा अनावश्यक रौं पलाउने गर्छ । अनावश्यक रौ पलाउने ठाउँहरूमा माथिल्लो ओठ, तल्लो ओठ, चिउडो, हात, खुट्टा,  छाती, पेट पर्दछ ।

पिसिओएसकै कारण कतिपय व्यक्तिको कपाल पातलो हुने तथा कपाल र्झदछ । कपाल पातलिँदै जानु वा झर्नु भनेको शरीरमा हर्मोनको गडबडी वा पिसिओएसको लक्षण हो ।

पिसिओएसकै कारण व्यक्ति मोटाउने समेत गर्दछ । त्यसैले त कुनै व्यक्ति अधिक मोटो भएमा, अतिरिक्त व्यायामका बाबजुद व्यक्तिको तौल कम नभएमा चिकित्सकहरू त्यस्ता व्यत्तिलाई पिसिओएस जाँच गर्न सुझाव दिने गर्दछन् । मोटोपना तथा बढी तौल हुने झन्डै ५० प्रतिशत व्यक्तिहरूमा पिसिओएसको समस्या देखिने गर्दछ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment