+
+

होटल सोल्टीको क्यासिनोमा प्रहरीको छापा, सञ्चालकसहित ८ समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते ९:५९


५ वैशाख, काठमाडौं । नेपाल प्रहरीले होटल सोल्टीमा रहेको माजोङ क्यासिनोका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ ।

माजोङ क्यासीनोमा नेपालीलाई जुवा खेलाइएको सूचनाका आधारमा मंगलबार राति पुगेको महानगरीय प्रहरी परिसरको टोलीले जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले दिएको जानकारी अनुसार, पक्राउ पर्ने ६ जुवाडे हुन् भने २ जना क्रमशः सञ्चालक र म्यानेजर हुन् ।

प्रहरीले ४५ वर्षीय विनोद श्रेष्ठ र ओम कर्माचार्यलाई पक्राउ गरेको छ । श्रेष्ठ क्यासिनोका म्यानेजिङ डाइरेक्टर हुन् भने कर्माचार्य कार्यकारी अधिकृत हुन् । त्यसैगरी, जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ मेलेकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार, क्यासिनोमा जुवा खेलिरहेकै अवस्थामा समातिएका रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?