Comments Add Comment

अल्छी प्रवृत्तिले समृद्धि सम्भव छैनः मुख्यमन्त्री शाही

५ बैशाख, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्छी प्रबृत्तिले समृद्धिको सपना पूरा नहुने बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहक्षेत्र कालीकोटको पचालझरना पुगेका मुख्यमन्त्री शाहीले अल्छी प्रबृत्ति त्यागेर सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका हुन् ।

पचालझरना पर्यटन तथा साँस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘अहिलेसम्म हामी अर्काका भरमा बाँच्यौं, अब कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्छ ।’

पर्यटन र कृषि मार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर वनाउने योजना सरकारले लिएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी वजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उनको भनाइ छ ।

राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अब विकास र समृद्धिको नेतृत्व लिने बताए ।

मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफूले प्राप्त गरेको बताउँदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

पहिलो पटक गृहक्षेत्र पुगेका मुख्यमन्त्री शाही बुधबार स्थानीयवासीसँग पचालझरनामै बस्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment