+
+

इलियानाले किन गरिन् यस्तो अश्लिल ईशारा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १६:०९

बलिउड अभिनेत्री इलियाना डि क्रुजले माझ औंला देखाएको फोटो यतिबेला भाइरल बनेको छ । सामान्यतया यसरी माझी औंला देखाउनुलाई अश्लिल इशारा मानिन्छ ।

यो तस्वीर इलियानाका ब्वाइप्फ्रेन्ड एन्ड्र्यू निबोनले आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् । तस्बिरमा कालो टिशर्ट लगाएकी इलियानको अनुहार भने ससको बोतलले छोपिएको छ । तर माझी औंलो देखाएको हात भने छोपिएको छैन ।

इलियानाले कसलाई र किन यस्तो अश्लिल इशारा गरेकी हुन् त ? केही समयअघि इलियाना र एन्ड्र्यूले गुपचुप बिबाह गरेको खबर फैलिएको थियो । इलियानाले फेसबुमा एन्ड्रयूलाई ‘हबी’ भनेर सम्वोधन गरेपछि उनीहरुले विवाह गरेको अड्कल काटियो । इलियानाले यसकोउ न पुष्टि गरिन् न खण्डन ।

यत्तिकैमा हालै अर्को खबर भाइरल भयो, उनी गर्भवती भएको । यस विषयमा पनि उनले मुख खोलेकी थिइनन् । तर माझी औंलो देखाएको फोटो सार्वजनिक गर्नुको अर्थ उनले यस्तो खबर फैलाउनेहरुप्रति आक्रोश व्यक्त गरेकी हुन् कि भनेर मान्न सकिन्छ ।

सामान्यतया इलियाना आफ्ना निजी कुराहरु मिडियामा पोख्न चाहन्नन् । उनले एन्ड्रयूसितको सम्वन्धलाई पनि आफ्नो निजी मामला भन्ने गरेकी छिन् ।

इलियानाको हालै रेड फिल्म रिलिज भएको थियो । सो फिल्ममा उनी अजय देवगणको पत्नीको रुपमा देखिएकी छिन् । फिल्मले ९६ करोडको कमाई गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?