+
+

‘बिग बोस’मा सलमानलाई पूर्व प्रेमिकाले साथ दिने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १२:२२


बलिउड अभिनेता सलमान खान चर्चित टेलिभिजन शो ‘बिग बोस’ का पर्याय जस्तै भइसकेका छन् । १२ अाैं संस्करणसम्म आइपुग्दा उनको होस्ट गर्ने शैली दर्शकमाझ स्थापित भइसकेको छ । बीचमा एकपटक सलमानलाई सञ्जय दत्तले साथ दिएका थिए । नत्र सलमानले एक्लै यो शो होस्ट गर्दै आएका छन् । तर, यो पटक भने सम्भवतः सलमान एक्ला हुने छैनन् । उनीसँग एक महिला होस्ट पनि हुन सक्छिन् ।

र, उनी सलमानकै पूर्वप्रेमिका हुन सक्छिन् । ‘बिग बोस १२’ को अडिसन सुरु भइसकेको छ । यो संस्करण जोडीको अवधारणामा निर्माण गरिने बताइएको छ । यसको मतलव बिग बोस सहभागीहरु वास्तविक जिवनका जोडीहरु हुनेछन् ।

यस्तोमा टेलिभिजनले होस्टिङमा पनि सलमानको जोडी बाँधिदिने तयारी गरेको हो । यसका लागि विभिन्न नायिकाहरुको चर्चा भए पनि कट्रिना कैफको नाम लगभग फाइनल भएको बलिउड मिडियाले बताएका छन् ।

कट्रिना सलमानकी पूर्वप्रेमिका पनि हुन् । पछिल्लो समय उनीहरु एकअर्कासँग नजिकिइरहेका छन् । यो जोडीको फिल्म टाइगर जिन्दा है सुपरहिट भएको थियो । सलमानले चौंथो सिजनबाट बिग बोसको होस्ट गर्न सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?