Comments Add Comment

मधेसको दाइजो प्रथाको विरुद्धमा चलचित्र ‘भोर’


यसअगाडि चलचित्र ‘झोला’ निर्देशक गरेका निर्देशक यादवकुमार भट्टराइले अर्को चलचित्र ‘भोर’ निर्देशन गरेका छन् । यो चलचित्र वैशाख २१ गतेबाट रिलिज हुँदैछ । चलचित्रले मधेसको कथामा निर्माण भएको छ । मधेसको दाइजोप्रथाको कथामा यो चलचित्र बनेको छ ।

देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता रहेको चलचित्रमा राज तिमिल्सिना र रामगोपाल थापाको निर्माता हुन् । चलचित्रमा कृष्ण धारावासीको कथा छ । ‘दाइजो मानव हिंसा हो’ भन्ने कथामा यो चलचित्र निर्माण भएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक यादव भट्टराइले मधेसको निकै दर्दनाक कथामा चलचित्र बनाएको बताए । उनले करिब १ बर्ष लगाएर आफूहरुले चलचित्र निर्माण गरेको बताए । मधेसमा दाइजो प्रथा भाइरसको रुपमा अगाडि बढेको र त्यसलाई चिर्नको लागि यो चलचित्र बनाएको बताए ।
चलचित्रमा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्यक्रममा बोल्दै चलचित्रकी मुख्य कलाकार अनितारानीले मधेसमा ब्याक्टेरियाको रुपमा रहेको दाइजोप्रथालाई उन्मुलन गर्नका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले, यो चलचित्रमा आफूले काम गर्दै गर्दा मधेसको समस्यालाई निकै गहिराइमा पुगेर वुझ्ने मौका पाएको बताइन् ।

यस्तै, चलचित्रमा मुख्य कलाकार रामनारायण ठाकुरले मधेसमा विभिन्न बहानामा दाइजो माग्ने गरिएको सुनाए । उनले, यो चलचित्रमा काम गर्दा आफूलाई अर्कै आनन्द महशुश भएको समेत बताए ।

निर्माता राज तिमिल्सिनाले दर्शकले चलचित्र ‘झोला’लाई जस्तै यो चलचित्रलाई पनि माया गरिदिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment