८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको छ । चेन्नाईको जितमा शेन वाटसनले शतक प्रहार गरे ।
घरेलु मैदानमा पहिले व्याटिङको निम्तो पाएको चेन्नाईले पाँच विकेटको क्षतिमा २०४ रन बनाएको थियो । यसको जवाफमा राजस्थान रोयल्स १८ ओभर ३ बलमा १४० रन बनाएर अलआउट भयो । राजस्थानको लागि बेन स्टोक्सले सर्वाधिक ४५ रन बनाए ।
चेन्नाईको यो चार म्याचमा तेस्रो जित हो भने राजस्थानको लागि पाँच म्याचमा तेस्रो हार हो ।
चेन्नाईको जितमा वाटसनले ५७ बलमा १०६ रन बनाए जसमा ९ चौका र ४ छक्का शामेल थियो । टि–२० करियरमा उनको यो चौथो शतक हो । उनले सुरेश रैनाको साथ दोस्रो विकेटका लागि ८१ रन र ड्वेन ब्राभोसँग पाँचौ विकेटका लागि ४१ रनको साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।
सुरेश रैनाले २९ बलमा ४६ रन, ड्वेन व्राभोले १६ बलमा नटआउट २४ रन र अम्बाती राइडुले १२ रन बनाए । महेन्द्र सिंह धोनी ५ र साम बिलिङ्स ३ रनमा आउट भए भने रविन्द्र जडेजाले नटआउट २ रन बनाए ।
बलिङतर्फ श्रेयस गोपालले २० रन दिएर ३ विकेट झारे भने वेन लागलिनले २ विकेट लिँदा ३८ रन खर्चिए ।
राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४५ र जस बट्लरले २२ रन बनाए ।
बलिङतर्फ करण शर्मा, ड्वेन व्राभो, शार्दुल ठाकुर र दीपक चहरले २–२ विकेट लिए । सेन वाटसन र इमरान ताहिरले एक–एक विकेट झारे ।
प्रतिक्रिया 4