+
+
Shares

थप मिसाइल परीक्षण आवश्यक छैनः उत्तर कोरिया

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ८ गते ६:०७

८ वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो । परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ ।

गत वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहाद्वीपीय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको थियो र भनेको थियो, यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?