+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

थप मिसाइल परीक्षण आवश्यक छैनः उत्तर कोरिया

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ८ गते ६:०७

८ वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो । परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ ।

गत वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहाद्वीपीय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको थियो र भनेको थियो, यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?