Comments Add Comment

कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु अपराध होः गगन थापा

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर ‘उम्मेदवार मन परेको छैन’ भन्दै रुखमा भोट नहाल्नु गद्दारी भएको बताएका छन् ।

निर्वाचनमा किन हारको थुप्रै कारण भएपनि हारको जिम्मा कांग्रेसीले लिनु पर्ने उनले भने, ‘कांग्रेसको सदस्यता लिएर पनि मलाई उम्मेदवार बन परेन भनेर रुखसँग गद्दारी गरेको छ भने यो अपराध हो । कुनै पनि बहानामा यो अपराधमा उन्मुत्ति पाउनु हुन्न ।’

कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन गर्दै थापाले हारका कारण थुप्रै भएको तर, जिम्मेवारी नेतृत्वले लिनु पर्ने बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सुनाएको ‘उदु सायरी’ उदृत गर्दै उनले हामीले चौकीदारीको जिम्मा दिएको हो, किन लुटियो भन्ने तपाईले हामीलाई बताउनुपर्छ भने ।

उनले अघि भने, ‘१३ औं महाधिवेशनबाट सभापति र महामन्त्री बनाएपछि लिडरले भन्नुपर्छ । जित्दै गर्दा मेरो कारणले भन्नेले हार्दै गर्दा त्यसको जिम्मा म लिन्छु भन्नुपर्छ ।’

उनले आफ्नो चुनाव क्षेत्रमा व्यहोरको हारको जिम्मेवारी लिन आफू तयार रहेको बताए । ‘चुनाव पराजयको दोष म लिन तयार छु । म चुनाव जितेर आएँ तर, समानुपातिकमा चुनाव जिताउन सकिनँ । प्रदेशतर्फ एक सिट जित्यौं, एउटामा हार्‍यौं’ काठमाडौं ४ का सांसद थापाले भने, ‘म मेरो निर्वाचन क्षेत्रको पराजयको जिम्मा लिन तयार छु । जरु जहाँजहाँ जिम्मा लिनु पर्ने हो तयार छु ।’

थापाले चुनाव हारको कारण कुनै एउटा घटना वा कालखण्ड मात्र दोषी नभएको बताए । ०४८ सालसम्ममा ३८ प्रतिशत भोट पाएको कांग्रेसलाई ५० प्रतिशत पुर्‍याउन सकेको भए अरु मिल्दा हार्‍यौं भनेर रोएर बस्नु पर्ने थिएन भनेका छन् ।

विश्वभर कम्युनिष्टहरु विलाएर गएको बेला नेपालमा भोट बढेर ४८ प्रतिशत पुगेको भन्दै उनले किन यस्तो भयो भनेर केन्द्रीय समितिमा समिक्षा गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment