Comments Add Comment

‘नाचौ गाऔं’ भन्दै बोल्ड श्रृष्टी, भिडियोमा खर्च गरियो ४ लाख

गायक मनोज महत्तो अहिले दंग छन् । उनको आवाजमा समावेश ‘नाचौ गाऔ झुमौ’ बोलको गीतले युटुबमा राम्रो प्रतिक्रिया पाएपछि उनी दंग परेका हुन् ।

किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ । गायक महत्तो भन्छन्-‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् । यसैले, पनि मैले यसपटक गहकिला शब्द प्रयोग गरेको छैन । टपरी टाइपका शब्द प्रयोग गर्दै यूवापुस्तालाई लक्षित गरेको छु । यो गीत मैले स्टेजमा गाएँ भने दर्शक झुम्ने कुरामा विश्वस्त छु ।’

करिब १ बर्ष अगाडि यो गीत तयार गर्ने सोच पलाएको भन्दै अहिले दर्शकमाझ आउँदा आफू उत्साहित भएको बताए । निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । निर्देशक घिमिरेले भिडियोको बारेमा भने-‘यो भिडियोमा हामीले गीतको भावलाई मर्न दिएका छैनौ । यसपटक, साउथ शैलीमा भिडियो बनाएको छु । करिब ४ लाखमा तयार भएको यो भिडियोले दर्शकलाई झुमाउने छ ।’

भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् । निर्देशक घिमिरे भिडियोका लागि लोकेशनको डेकोरेशन पनि गज्जबले गरेको बताउँछन् । नेपालमा अहिले म्यूजिक भिडियो निर्माणमा पनि मिहिनेत गर्न थालिएको छ । निशानको यो भिडियोले त्यही कुराको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment