Comments Add Comment

आप्रवासी कामदारलाई साउदी यूवराजको प्रोत्साहन

साउदी अरेबियाका युवराज मुहम्मद बिन सलामले देशका विकास परियोजनाहरुका लागि भविष्यमा अझै धेरै संख्यामा आप्रवासी कामदारहरु आवश्यक रहेको बताएका छन् । टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले विदेशी कामदारहरुले देश विकासमा पुर्‍याएको योगदानको सह्राहना गरे ।

कुराकानीका क्रममा युवराज बिन सलामले साउदी अरेबियामा १ करोडभन्दा बढि विदेशीहरु रहेको जानकारी दिए जसमा आप्रवासी कामदारका परिवारजनसमेत पर्छन् ।

‘भविष्यमा यो संख्या अझै बढ्नेछ, किनकी हाम्रो लक्ष्य हासिल गर्नका लागि हामीलाई बढीभन्दा बढी जनशक्ति आवश्यक पर्छ,’ उनले भने ।

सरकारले आप्रवासी कामदारका परिवारजनहरुमाथि नयाँ डिपेन्डेन्ट फि लागू गरेपछि उनीहरुमा त्रास उत्पन्न भएको थियो । सरकारले आफूहरुलाई निकाल्न सक्ने भयसमेत उत्पन्न गरेको अवस्थामा युवराजको अभिव्यक्तिले भ्रम निवारण गरेको छ ।

हामीले बुझ्नुपर्छ कि सरकारको पछिल्लो कदम निजी कम्पनीहरुलाई बढी साउदी नागरिकहरु भर्ती गर्न प्रेरित गर्नका लागि थियो, न कि देशबाट विदेशीहरुलाई बढार्न ।

धेरै विदेशीहरु आफ्नो भविष्यका बारेमा चिन्तित बनेका छन् । खासगरी सरकारले ‘उल्लंघनकर्ताविहीन एउटा राष्ट्र’ अभियानको घोषणा गरेपछि उनीहरुमा त्रास उत्पन्न भएको छ ।

यो विदेशीहरुलाई साउदी अरेबियामा आफ्नो कानूनी बन्दोबस्त सच्याउने अवसरका लागि थियो, विशेषतः उनीहरुका लागि जसले राज्यको श्रम कानून तथा बसोबास कानूनलाई उल्लंघन गरेका छन् ।

देशमा अवैधरुपमा बस्दै आएका विदेशी कामदारहरुलाई कानूनको दायरामा ल्याउनका लागि यो अभियान आवश्यक थियो । अवैध आप्रवासीहरुको बढ्दो संख्याले देशमा मगन्तेहरु बृद्धि हुने अवस्था आउँछ । साथै उनीहरुले आफ्नो देशमा अवैधरुपमा पैसा पठाउँछन् र अवैधरुपमा व्यवसाय पनि गर्छन् । अवैध विदेशी कामदारहरुले स्वदेशी जनताको बेरोजगारी दर पनि बढ्छ ।

विदेशीहरुलाई ग्रीन कार्ड दिने भनेर भिजन २०३० मा गरिएको घोषणा साउदी अरेबियाले विदेशीहरुप्रति राख्ने सम्मानको अर्को उदाहरण हो । ग्रीन कार्डले विदेशी कामदारलाई स्थाई बसोबासका अतिरिक्त अन्य थुप्रै सुविधाहरु उपलब्ध गराउँछ ।

युवराज मुहम्मद बिन सलामले टाइम म्यागजिनमा दिएको अन्तरर्वार्ताको निहितार्थ भनेको देशमा बढिभन्दा बढि दक्ष विदेशी कामदारहरु भविष्यमा आवश्यक पर्नेछन् भन्ने नै हो । युवराजले घोषणा गरेको भिजन २०३० ले साउदी अरेबियालाई क्षेत्रीय आर्थिक महाशक्ति बनाउने लक्ष्य राखेको छ ।

परिणामस्वरुप राज्यलाई हजारौंको संख्यामा दक्ष कामदार चाहिन्छ जसले यसको महत्वाकांक्षी जनकल्याण र विकास कार्यक्रमहरुलाई अघि बढाउन सहयोग पुर्‍याउन् । यी उच्च दक्षता भएका आप्रवासी कामदारले साउदीको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउनेछन् र राज्य तथा यसको बजारमा कुनै भार थोपर्ने छैनन् ।

(अल रियाद न्यूजपेपरबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment