+
+
Shares

कोरियामा कार्यरत नेपाली कामदारको स्वास्थ्य सुरक्षाबारे सरकारको चासो

कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:४९

२ असार, काठमाडौं । कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाएकी हुन् ।

मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिन् ।

जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताए । आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयका अनुसार नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा पनि छलफल भएको छ ।

विशेष गरी स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?